+
+
Shares

भाँडी खोलामा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १०:४१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १० पुसमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ भाँडी खोला क्षेत्रमा पहिरोले मेची राजमार्गको १० मिटर सडकखण्ड पुरिएर यातायात सेवा अवरुद्ध भएको छ।
  • प्रहरी प्रमुख बेदप्रसाद गौतमले प्रहरी टोली घटनास्थलमा खटिएको र सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको जानकारी दिनुभयो।

१० पुस, ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिका-१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ ।

सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज बिहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

प्रहरीचौकी मेवाखा, ताप्लेजुङबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको उनले बताए।

-राससबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?