News Summary
Generated by OK AI. Editorially reviewed.- लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले क्रिसमस र नयाँ वर्ष २०२६ को अवसरमा 'फेस्टिभ ड्राइभ' टेस्ट ड्राइभ तथा एक्स्चेन्ज कार्यक्रम सुरु गरेको छ।
- पुस १० देखि १७ सम्म नक्सालस्थित चांगान शोरुममा ग्राहकले दिपलका प्रिमियम ईभी मोडेलको टेस्ट ड्राइभ लिन र पुराना सवारीसाधन साटेर नयाँ ईभी लिन सक्नेछन्।
- कार्यक्रममा फेस्टिभ डेकोरेसन, सान्टा रोबोट अनुभव र आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिने एमएडब्लू वृद्धिले जनाएको छ।
१० पुस, काठमाडौं । लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले क्रिसमस र नयाँ वर्ष २०२६ को अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्स्चेन्ज कार्यक्रम ‘फेस्टिभ ड्राइभ’ सुरु गरेको छ ।
यो कार्यक्रममा ग्राहकले अत्याधुनिक ईभी प्रविधिको अनुभव गर्नुका साथै आकर्षक फेस्टिभ बेनेफिट पाउनेछन् । पुस १० देखि १७ सम्म सञ्चालन हुने यस अभियानमा ग्राहकले नक्सालस्थित चांगान शोरुममा दिपलका प्रिमियम ईभी मोडेलको टेस्ट ड्राइभ लिनुका साथै आफ्ना पुराना सवारीसाधन साटेर नयाँ दिपल ईभी लिन सक्नेछन् ।
यो अभियानको उद्देश्य चाडपर्वको खुसीसँग नेपाली उपभोक्तालाई स्मार्ट, स्वच्छ र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटीतर्फ प्रोत्साहन गर्नु रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा फेस्टिभ डेकोरेसन, सान्टा रोबोटको अनुभवका साथ ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर पनि पाउनेछन् ।
दिपलले नविनता, जीवनशैली र उत्सवलाई एउटै प्लेटफर्ममा समेट्ने प्रयास स्वरुप यो अभियान सुरु गरेको छ । ‘यसको उद्देश्य अफर मात्र होइन ग्राहकसँग भावनात्मक सम्बन्ध निर्माण गर्नु पनि हो’ एमएडब्लू वृद्धिले एक विज्ञप्तिमा भनेको छ ।
प्रतिक्रिया 4