News Summary
Generated by OK AI. Editorially reviewed.- एमएडब्लू वृद्धिको देशव्यापी मेगा एक्स्चेन्ज कार्निभल काठमाडौंमा सुरु भएको छ।
- कार्निभलमा दिपल, अवतार, नामी र सेरेस ब्रान्डका ईभीलाई एउटै प्लेटफर्ममा राखिएको छ।
- ग्राहकले नगद छुट, उच्चतम् बजार मूल्यांकन, निःशुल्क बीमा र लामो वारेन्टीजस्ता लाभ पाउनेछन्।
१२ चैत, काठमाडौं । एमएडब्लू वृद्धिको देशव्यापी मेगा एक्स्चेन्ज कार्निभल औपचारिक रुपमा सुरु भएको छ ।
ग्राहकको उत्साहजनक सहभागितामा सुरु भएको यस कार्निभलले लोकप्रिय ईभी ब्रान्ड दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेको छ । कार्निभलको पहिलो दिन प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त ईभीमा अपग्रेड हुन चाहने ग्राहकको उत्साहजनक सहभागिता रह्यो ।
बिहीबारदेखि शनिबारसम्म काठमाडौंको सिल्भरओक, पुल्चोकको संस्कार फाइन डाइन, राधेराधेको हेरिटेज प्यालेस र काठमाडौंबाहिर दिपल तथा नामीका आ–आफ्ना सोरुममा मेगा एक्स्चेन्ज सञ्चालन भइरहेको छ ।
मेगा एक्स्चेन्जमा ग्राहकले प्रत्यक्ष नगद छुट पाउनुका साथै पुराना सवारीसाधनको उच्चतम् बजार मूल्यांकन, उत्कृष्ट एक्स्चेन्ज बोनस, निःशुल्क बीमा तथा चार्ज प्याकेज र नेपालकै सबैभन्दा लामो एक्टेन्डेड वारेन्टी जस्ता लाभ प्राप्त गर्न सक्नेछन् ।
‘कार्निभलको पहिलो दिनमै उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रिया देखिएको छ’ एमएडब्लू वृद्धिले एक विज्ञप्तिमा भनेको छ ‘जसले नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र रुचीलाई प्रतिबिम्बित गर्दछ ।’
बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना र आकर्षक एक्स्चेन्ज सुविधाका कारण कार्निभलमा ग्राहक आकर्षित भइरहेको कम्पनीले जनाएको छ ।
उत्सवमय वातावरणलाई थप आकर्षक बनाउन कानिर्भलमा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल र फुड स्टल समेत राखिएका छन् । जसले सबै उमेर समूहका आगन्तुलाई रमाइलो र अन्तरक्रियात्म अनुभव प्रदान गरिरहेको छ ।
प्रतिक्रिया 4