+
+
Shares

एमएडब्लू वृद्धिको मेगा एक्स्चेन्ज चैत १२ देखि १४ सम्म देशभर हुने

‘दिपल, नामी, अवतार र सेरेस ईभीमा अपग्रेड हुने उत्तम समय’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते ११:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमएडब्लू वृद्धिले आफ्ना ईभी ब्रान्ड दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर मेगा एक्स्चेन्ज कार्निभल आयोजना गर्ने भएको छ।
  • यो मेगा एक्स्चेन्ज कार्निभल १२ देखि १४ चैतसम्म देशैभर आयोजना हुनेछ र ग्राहकले नगद बचत, उच्चतम मूल्यांकन, एक्स्चेन्ज बोनस, निःशुल्क बिमा र चार्जर प्याकेज पाउनेछन्।
  • कार्यक्रम काठमाडौं उपत्यकामा सिल्भरओक बैंक्वेट, संस्कार फाइन एन्ड डाइन र हेरिटेज प्लायलेसमा र उपत्यकाबाहिर सम्बन्धित सोरुमहरुमा आयोजना हुनेछ, साथै रोबोटिक सो, किड्स जोन र मनोरञ्जनात्मक गतिविधिहरु समावेश गरिनेछ।

५ चैत, काठमाडौं । एमएडब्लू वृद्धिले आफ्ना ईभी ब्रान्ड दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्स्चेन्ज कार्निभल आयोजना गर्ने भएको छ ।

१२ चैतदेखि १४ गतेसम्म देशैभर आयोजना हुने मेगा एक्स्चेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल ईभीमा अपग्रेड हुने सबैभन्दा उत्तम समय हुने एमएडब्लू वृद्धिले जनाएको छ ।

‘मेगा एक्स्चेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्स्चेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्नेछन्’ कम्पनीले भनेको छ ।

नेपालमा दिगो यातायाततर्फको रुपान्तरण तीव्र बन्दै गइरहेको अवस्थामा नविन तथा ग्राहक केन्द्रित पहलमार्फत ईभीको स्वामित्वलाई सहज बनाउने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिनेछ । उपत्यकाबाहिर भने यो कार्यक्रम दिपल, नामी तथा सेरेसका सम्बन्धित सोरुमहरुमा आयोजना हुनेछ ।

यी आकर्षक अफरहरुका अतिरिक्त कार्यक्रमा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरु जस्ता मनोरञ्जनात्मक गतिविधिहरु पनि समावेश गरिने कम्पनीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?