
News Summary
Generated by OK AI. Editorially reviewed.- एमएडब्लू वृद्धिले २४ असोजदेखि काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरिका दिपल, नामी, सेरेस शोरुममा मेगा एक्स्चेन्ज कार्निभल सुरु गरेको छ।
- ग्राहकले पुराना गाडी साटेर दिपल, अवतार, नामी र सेरेसका इभीमा अपग्रेड गर्न सक्नेछन् र अधिकतम १५ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्।
- एक्स्चेन्ज कार्निभलमा अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयूभी अवतारको टेस्ट ड्राइभ र नाडा अटो शोमा प्रदर्शन भएका मोडलहरू पनि उपलब्ध छन्।
२६ असोज, काठमाडौं । अटोमोबाइल समूह एमएडब्लू वृद्धिले २४ असोजबाट काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरिका दिपल, नामी र सेरेसका आधिकारिक शोरुममा चाडवाड लक्षित मेगा एक्स्चेन्ज कार्निभल सुरु गरेको छ ।
आइतबारसम्म चल्ने यो एक्स्चेन्ज मेलाको पहिलो दिन ग्राहकको उत्साहजनक सहभागिता रहेको थियो ।
र दिपल, अवतार, नामी र सेरेसका ईभीमा ग्राहकको विशेष चासो देखिएको थियो । त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिंग सिमुलेटरहरूले पनि भीडलाई आकर्षित गरेको थियो ।
एक्स्चेन्ज मेलामा ग्राहकले आफ्ना पुराना गाडी साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड गर्ने सक्नेछन् ।
यस मेलामा ग्राहकले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शीर्ष इभी ब्रान्डका चर्चित मोडल एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।
कम्पनीका अनुसार ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन् जसबाट निश्चित मोडेलमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् ।
यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकमध्ये एक जोडीलाई नगरकोटस्थित प्रिमियम रिसोर्टमा नाइट स्टेको पनि अफर दिइने कम्पनीले जनाएको छ ।
एक्स्चेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयूभी अवतारलाई टेस्ट ड्राइभ गर्न सकिने छ । साथै, नाडा अटो शोमा शो स्टपर बन्न सफल दिपल एस ०५ र सेग्मेन्ट फस्ट फिचरहरूले भरिएको नामी भिगो पनि प्रदर्शनमा राखिने छ ।
काठमाडौं बाहेक नेपालभरिका दिपल, नामी र सेरेसका सम्पूर्ण शोरुममा एक्स्चेन्ज कार्निभल आयोजना हुने कम्पनीले जनाएको छ । जहाँ ग्राहकले एक्स्चेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउनेछन् ।
प्रतिक्रिया 4