News Summary
Generated by OK AI. Editorially reviewed.- एमएडब्लू वृद्धिले कात्तिक २९ देखि मंसिर १ सम्म झापाको बिर्तामोडमा तीन दिन लामो टेस्ट ड्राइभ तथा एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ।
- कार्यक्रममा दिपल, नामी, सेरेस र अवतार ब्रान्डका विद्युतीय सवारी साधनहरूको ड्राइभिङ अनुभव गर्न सकिने एमएडब्लू वृद्धिले जनाएको छ।
- कार्यक्रममा पुराना गाडी साट्न चाहने ग्राहकका लागि एक्सचेन्ज बोनस, नगद छुट र निःशुल्क एसेसरी उपहार उपलब्ध गराइने एमएडब्लू वृद्धिले बताएको छ।
२५ कात्तिक, काठमाडौं । दिपाल र नामीको नयाँ शोरुम उद्घाटन अवसरमा एमएडब्लू वृद्धिले आगामी शनिबारदेखि झापाको बिर्तामोडमा तीन दिन लामो टेस्ट ड्राइभ तथा एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ ।
कात्तिक २९ देखि १ मंसिरसम्म चल्ने यस कार्यक्रममा आम सर्वसाधारणले दिपल, नामी, सेरेस र अवतार ब्रान्डका विद्युतीय सवारी साधनहरूको ड्राइभिङ अनुभव गर्न पाउनेछन् । यी ब्रान्ड हाल नेपालमा लोकप्रिय र प्रविधिमैत्री ईभीका रुपमा स्थापित छन् ।
साथै, रोबोटहरूसँग अन्तर्क्रिया गर्ने अवसर पनि रहनेछ । यस कार्यक्रममा हालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चित भएका दिपल एस ०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।
स्लिम डिजाइन, आधुनिक फिचर र दिगो गतिशीलताको संयोजनका साथ यी सवारी साधन नेपालमा उपलब्ध छन् । यी गाडीहरूले उत्कृष्ट रेञ्ज, प्रविधि र ड्राइभिङ अनुभव प्रदान गर्ने एमएडब्लू वृद्धिले जनाएको छ ।
‘कार्यक्रमको अवसरमा विशेष ‘प्रमोसनल’ अफरहरू पनि उपलब्ध गराइनेछ, जसमा पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेन्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी उपहार रहेका छन्’ एमएडब्लु वृद्धिले विज्ञप्तिमा भनेको छ ।
प्रतिक्रिया 4