News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा नेपालले आगामी १५ पुसमा केन्द्रीय समितिको बैठक बोलाएको छ।
- बैठक दिउँसो १:०० बजे नव दुर्गा पार्टी प्यालेस सुकेधारामा बस्नेछ।
- बैठकमा १६ पुसमा हुने पार्टी एकता घोषणासभा भव्य बनाउने विषयमा छलफल हुनेछ।
१० पुस, काठमाडौं । राप्रपा नेपालले आगामी १५ पुसमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठक दिउँसो १:०० बजे नव दुर्गा पार्टी प्यालेस सुकेधारामा बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बर्तौलाका अनुसार राप्रपा र राप्रपा नेपाल बीच १६ पुसमा हुने ‘पार्टी एकता घोषणासभा’लाई भव्य बनाउने विषयमा बैठक केन्द्रित हुनेछ ।
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले बुधबार हस्ताक्षर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4