News Summary
Generated by OK AI. Editorially reviewed.- हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले २ देखि ३० पुससम्म निःशुल्क आईयूआई क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ।
- क्याम्पमा नेपालका जुनसुकै स्थानबाट आएका निःसन्तान दम्पतीले सेवा लिन सक्नेछन् र अनुभवी डाक्टरहरूले परामर्श दिनेछन्।
- निःशुल्क क्याम्पले पुरुषतर्फको समस्या, अस्पष्ट बाँझोपन, ओभुलेसन समस्या लगायतका उपचार विकल्प उपलब्ध गराउने छ।
११ पुस, काठमाडौं । निःसन्तान दम्पती लक्षित गर्दै हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले २ देखि ३० पुससम्म निःशुल्क आईयूआई क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ ।
निःसन्तान उपचारको बढ्दो खर्चका कारण धेरै दम्पती उपचारबाट वञ्चित भइरहेका बेला यस निःशुल्क क्याम्पमार्फत आर्थिक सहयोग प्रदान गर्नु र दम्पतीहरूको सन्तान प्राप्तिको यात्रा सहज बनाउनु मुख्य उद्देश्य रहेको हार्दिक आईभीएफले जनाएको छ ।
क्याम्पमा नेपालका जुनसुकै स्थानबाट आएका दम्पतीले सेवा लिन सक्नेछन् ।
हार्दिक आईभीएफले यसअघि सञ्चालन गरेका निःशुल्क आईयूआई क्याम्पहरू सफल रहँदै आएको जनाएको छ ।
अघिल्ला क्याम्पहरूमा सहभागी धेरै दम्पतीले गर्भधारणमा सफलता पाएका छन् भने केही दम्पतीले स्वस्थ शिशुको जन्म समेत दिइसकेका छन् । ती सफलताका कथा अहिले पनि निःसन्तान दम्पतीका लागि आशा र प्रेरणाको स्रोत बनेका छन् ।
यो निःशुल्क आईयूआई क्याम्प विशेषगरी पुरुषतर्फको समस्या, अस्पष्ट बाँझोपन, ओभुलेसन (डिम्ब निस्कने) समस्या, हल्का एन्डोमेट्रियोसिस, सर्वाइकल म्युकस सम्बन्धी समस्या तथा यौन सम्पर्कमा कठिनाइ भएका दम्पतीका लागि प्रभावकारी उपचार विकल्प मानिन्छ ।
क्याम्प अवधिभरि अनुभवी विशेषज्ञ डाक्टरहरूको प्रत्यक्ष परामर्श तथा आवश्यक मार्गदर्शन प्रदान गर्नेछन् ।
हार्दिक आईभीएफ टिमले निःसन्तानतालाई केवल स्वास्थ्य समस्यामात्र नभई भावनात्मक यात्राका रूपमा उल्लेख गर्दै आर्थिक र मानसिक बोझ कम गरी दम्पतीहरूलाई अभिभावक बन्ने अवसर प्रदान गर्नु संस्थाको लक्ष्य रहेको स्पष्ट पारेको छ ।
सन्तान प्राप्तिको आशामा बसेका दम्पतीहरूलाई यो सीमित अवधिको अवसर नछुटाउन संस्थाको आग्रह छ । क्याम्पमा सहभागी हुन चाहने दम्पतीले समयमै परामर्श लिन उपयुक्त हुने जनाइएको छ ।
प्रतिक्रिया 4