+
+
Shares

इमरान हासमीसँग के गर्दैछिन् नेपाली मोडल तथा अभिनेत्री मुना गौचन ?

मुनाले यसअघि सन् २०२३ मा रणवीर सिंहसँग स्टार स्पोर्ट्स र रणवीर कपुरसँग एसियन पेन्ट्सको विज्ञापनमा काम गरेकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली अभिनेत्री मुना गौचन बलिउडमा सक्रिय भई इमरान हासमीसँग 'अर्के टायल्स' को विज्ञापनमा अभिनय गरेकी छन्।
  • मुना गौचनले सन् २०२३ मा रणवीर सिंह र रणवीर कपुरसँग विज्ञापनमा काम गरिसकेकी छन्।
  • उनले सन् २०१९ मा मिस इको नेपालको उपाधि जितेकी थिइन् र नेपाली फिल्म 'जालो' बाट डेब्यू गरेकी हुन्।

काठमाडौं । नेपाली अभिनेत्री तथा मोडल मुना गौचन केही समययता बलिउड सहर मुम्बईमा ब्यस्त छिन् । प्रशस्तै नेपाली म्युजिक भिडियो र केही कथानक फिल्ममा अभिनय गरेकी मुनाको ब्यस्तता देखिन्छ ।

उनले त्यहाँ पनि म्युजिक भिडियो र विज्ञापन फिल्महरूमा अभिनय गर्दै आएकी छन् । यस्तोमा, मुनाले पछिल्लो समय एकपछि अर्को बलिउड स्टारहरूसँग सहकार्य गर्ने मौका पाएकी छिन् ।

उनले केही दिनअघि चर्चित बलिउड अभिनेता इमरान हासमीसँग एक विज्ञापनमा अभिनय गरेकी छन् । इन्स्टाग्राममार्फत फोटो र भिडियो सेयर गर्दै मुनाले आफूले हासमीसँग विज्ञापनमा अभिनय गरेको बताएकी छन् ।

इमरान र मुनाले भारतको चर्चित टायल्स कम्पनी ‘अर्के टायल्स’ को लागि सहकार्य गरेका हुन् । केही दिनअघि सार्वजनिक भएको विज्ञापनमा मुनाले भुइँमा लडेको मृत शरिरको भूमिका निर्वाह गरेकी छिन् । त्यसपछि इमरान आउँछन् र टायल्सको प्रशंसा गर्छन् । त्यसपछि मुना जीवित हुन्छिन् ।

‘अर्के टायल्ससामु सबै कुरा फिका हुन्छन्’ इमरानले भनेपछि विज्ञापन टुंगिन्छ ।

मुनाले यसअघि सन् २०२३ मा रणवीर सिंहसँग स्टार स्पोर्ट्स र रणवीर कपुरसँग एसियन पेन्ट्सको विज्ञापनमा काम गरेकी थिइन् । एमटिभी इन्डियाको ‘सुपरमोडल अफ द इयर सिजन २’ बाट उनको चर्चा चुलियो ।

उनले सन् २०१९ मा मिस इको नेपालको उपाधि जितेकी थिइन् । उनले अराज केशव निर्देशित नेपाली फिल्म ‘जालो’ बाट फिचर फिल्ममा डेब्यू गरेकी थिइन् । उनलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या उच्च छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?