+
+
Shares

सुनसरीबाट २२२० ट्याब्लेट ट्रामाडोल बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १२:५४

१३ पुस, सुनसरी । देवानग‍न्ज गाउँपालिका-२ कबरिस्तानबाट २२२० ट्याब्लेट ट्रामाडोल बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ट्रामाडोल बरामद गरेको हो । लागुऔषध ट्रामाडोल ल्याउने व्यक्ति भने फरार भएका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेपछि झोला फालेर फरार भएका थिए । प्रहरीले उक्त झोला खानतलास गर्दा लागुऔषध भेटिएको थियो ।

फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?