११ भदौ काठमाडौं । हिमालयन बैंकले अमेरिकी डलरमा आधारित युनियन पे ब्राण्डेड कार्ड सञ्चालनमा ल्याएको छ । चीनको युनियन पे इन्टरनेसनलसँग मिलेर उक्त कार्ड सञ्चालनमा ल्याएको हो ।
यो कार्ड चीन तथा अन्य विभिन्न १८ मुलुकमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । कामको सिलसिलामा विदेशिएका नेपालीहरुका लायि यो कार्ड उपयोगी हुने बैंकको विश्वास छ ।