+
+
Shares

विनोदलाई शारीरिक सुगठनको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते १८:५४

१७ चैत, बुटवल । ४६ जना प्रतिस्पर्धीलाई पछि पार्दै भैरहवाका विनोद सुनारले अन्तर प्रदेशीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।

हेम्मर जिम हाउस भैरहवाका सुनार ७० केजी तौल समूहका विजेतासमेत हुन् । उनले उपाधिसँगै ५० हजार नगद पुरस्कार पाए । ७० किलोग्राम तौल समूहबाट चन्द्रमान श्रेष्ठ दोस्रो र सिलस प्रधान जोशी तेस्रो भए ।

५५ केजी तौल समूहमा आमोश पुन पहिलो, समीर शाक्य दोस्रो र विष्णु कँडेल तेस्रो भए । ६० केजी तौल समूहमा सुनील आले पहिलो, मोहमद जुमराति दोस्रो र मानबहादुर चौधरी तेस्रो भए । ६५ केजी तौल समूहमा बाँकेका आनन्द थापा पहिलो, कास्कीका सुरेश लामा दोस्रो र सुमित राना तेस्रो भए ।

७० केजीमाथिको तौल समूहमा खेमबहादुर चौधरी प्रथम, सितान्शु पाण्डे दोस्रो र सुनील दहित तेस्रो भए । बेष्ट पोजरको उपाधि सुमित रानाले प्राप्त गरे ।

गण्डकी प्रदेश र प्रदेश ५ का ४७ जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा हालै थाइल्याण्डमा सम्पन्न १० औं विश्व शारीरिक सुगठन प्रतियोगितामा स्वर्र्ण पदक विजेता महेश्वर महर्जनलाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?