+
+
Shares

कस्मेटिका एक्स्पो : अन्तर्राष्ट्रिय सौन्दर्य करियरका सम्भावना र सीप विकासमा जोड

कस्मेटिका एक्स्पो २०२५ ले सौन्दर्य क्षेत्रमा रुचि राख्ने विद्यार्थी, पेशेवर र उद्यमीलाई मार्गदर्शन गर्ने साझा मञ्च प्रदान गरेकोआयोजकको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कस्मेटिका एक्स्पो-२०२५ मा सौन्दर्य क्षेत्रमा अन्तर्राष्ट्रिय करियर विकासका सम्भावना र आवश्यक व्यावसायिक सीपबारे छलफल भएको छ।

१३ पुस, काठमाडौँ । सौन्दर्य र व्यक्तिगत हेरचाह क्षेत्रलाई केबल सौख वा ट्रेन्डको रूपमा हेरिन्छ । तर, यसलाई दीर्घकालीन अन्तर्राष्ट्रिय करियरको रूपमा विकास गर्न सकिने सम्भावनाबारे कस्मेटिका एक्स्पो-२०२५ मा विशेष छलफल भएको छ ।

काठमाडौंको नक्सालमा सम्पन्न एक्स्पोको एक सेसनमा सौन्दर्य क्षेत्रलाई अन्तर्राष्ट्रिय करियरको रूपमा विकास गर्ने विषयमा बहस भएको हो । यस परामर्श सेसनमा कपाल, छाला, मेकअप र नेल केयर क्षेत्रमा आवश्यक व्यावसायिक सीप, विश्वबजारको माग र करियर विस्तारका अवसरबारे विस्तृत चर्चा गरिएको थियो । उक्त सेसन इन्टरनेशनल स्कूल अफ एस्थेटिक्स एन्ड स्पा (आईएसएएस) ब्यूटी स्कूलको सहकार्यमा आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी विद्यार्थी र नवप्रवेशीहरूले सौन्दर्य शिक्षामा भएका सम्भावना र चुनौतीबारे जिज्ञासा राखेका थिए । उनीहरूले नेपाल बाहिर रोजगारी र उद्यमका कस्ता ढोका खोल्छ, अन्तर्राष्ट्रिय मान्यता किन आवश्यक हुन्छ र दीर्घकालीन सफलताका लागि कस्तो तयारी गर्नुपर्छ भन्ने विषयमा चासो देखाए ।

आईएसएएसकी सिडेस प्रमाणित प्रशिक्षक क्रिस्टिना सुब्बाले सौन्दर्य क्षेत्रमा गुणस्तरीय शिक्षा नै दीर्घकालीन करियरको आधार हुने बताइन् । ‘सस्तो शुल्क प्राथमिकता दिएर इन्स्टिच्युट छनोट गर्दा तत्काल सजिलो देखिए पनि त्यसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने आधार बनाउँदैन’ सुब्बाले भनिन्, ‘मान्यता प्राप्त स्कूलबाट प्राप्त सीपले मात्र विश्वव्यापी अवसरसम्म पहुँच दिलाउँछ ।’

एलएपीटी प्रमाणित प्रशिक्षक प्रीति पाण्डेले सामाजिक सञ्जालमा देखिने आकर्षक भिडियो र वास्तविक व्यावसायिक तालिमबीच ठूलो अन्तर हुने उल्लेख गरिन् । उनका अनुसार पाठ्यक्रम, प्रशिक्षकको अनुभव र सिकाइ वातावरण प्रत्यक्ष बुझेर मात्र सही निर्णय लिन सकिन्छ ।

त्यस्तै, सिडेस डिप्लोमा इन कस्मेटोलोजी प्रमाणित प्रशिक्षक प्रकृति मिश्राले सौन्दर्य सीपलाई विश्वव्यापी नेटवर्क र व्यक्तिगत ब्रान्ड निर्माणसँग जोडेर हेर्नुपर्ने बताइन् । ‘मेहनत, निरन्तर अभ्यास र ट्रेन्डअनुसार अपडेट हुन सके मेकअप र हेयर आर्टिस्टका लागि विश्व बजार खुला छु’ उनले भनिन् ।

कार्यक्रममा हालको मेकअप ट्रेन्डबारे पनि चर्चा गरिएको थियो । विज्ञहरूका अनुसार भारी मेकअपको प्रयोग घट्दै गएको छ र प्राकृतिक, छालामैत्री तथा मिनिमल मेकअपतर्फ विश्वव्यापी आकर्षण बढिरहेको छ।

आयोजकका अनुसार कस्मेटिका एक्स्पो २०२५ ले सौन्दर्य क्षेत्रमा रुचि राख्ने विद्यार्थी, पेशेवर र उद्यमीलाई प्रत्यक्ष रूपमा विज्ञसँग संवाद गर्ने र करियर मार्गदर्शन पाउने साझा मञ्च प्रदान गरेको छ।

बानेश्वरमा स्थापना भएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज ब्यूटी स्कूल आईएसएएसले कस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापनलगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका पाठ्यक्रम सञ्चालन गर्दै आएको छ ।

यी तालिमले युरोप, मिडल इस्ट, क्यानडा र अस्ट्रेलियाजस्ता क्षेत्रमा होटल, लक्जरी स्पा, क्रुज र फेशन उद्योगमा रोजगारीका अवसरमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ।

करिब दुई दशकदेखि अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षामा सक्रिय भक्ति साप्केलद्वारा स्थापना गरिएको आईएसएएसबाट पछिल्ला १४ वर्षमा ६ हजार भन्दा बढी विद्यार्थीले स्नातक पास गरी विश्वभर व्यावसायिक रूपमा स्थापित भइसकेका छन्।

आईएसएएसले हालै पाठ्यक्रम शुल्कमै अन्तर्राष्ट्रिय प्रमाणीकरण समावेश गर्ने घोषणा गरेको छ, जसले विद्यार्थीलाई अतिरिक्त शुल्कको भारबिना विश्वस्तरमा मान्यता प्राप्त प्रमाणपत्र उपलब्ध गराउनेछ । साथै, नयाँ वर्षको अवसरमा कस्मेटोलोजी पाठ्यक्रममा २० प्रतिशत छुट पनि प्रदान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?