+
+
Shares

चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा बस्याल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत चयन भएका छन्।
  • संघको सातौं साधारणसभा तथा छैटौं अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
  • नवनिर्वाचित कार्यसमितिलाई केन्द्रीय अध्यक्ष समीर बलामीले पद तथा गोपनीयताको शपथ गराएका छन्।

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न सातौं साधारणसभा तथा छैटौं अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सहसचिवमा सिद्धार्थ गौतम र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ छन् ।

सदस्यमा राकेश गुरुङ, प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएको निर्वाचन समिति सदस्य एवं संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । कार्यकाल ३ वर्षको हुनेछ ।

यसैगरी, केन्द्रीय प्रतिनिधिमा आशीष पुरी र मिलन थापा छन् । नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय अध्यक्ष एवं निर्वाचन समिति संयोजक समीर बलामीले शनिबार नै पद तथा गोपनीयताको शपथ गराए ।

साधारणसभाको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उदघाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?