+
+
Shares

दलहरूले मिडियाबाट चुनाव प्रचार गर्न पाउने, अनलाइनमा स:शुल्क विज्ञापनको जनाउ दिनुपर्ने

अनलाइन सञ्चारमाध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा स:शुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने बाध्यकारी नियम आयोगले बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते ११:१८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दल र उम्मेदवारले अनलाइनबाट रोडब्लक, कन्टेन्ट ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (सामाचारको बीचमा) को माध्यमबाट निर्वाचन प्रचार गर्न पाउने ।
  • पत्रपत्रिकामा प्रत्येक दिन बढीमा चार कोलम × २५ सेन्टिमिटर उचाइसम्मको आकारमा प्रचार सामग्री छपाउन सक्ने ।
  • टेलिभिजन, रेडियो वा एफएममा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा एक मिनेटसम्म प्रचार सामग्री प्रसारण गर्न पाउने ।

१४ पुस, काठमाडौं । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा राजनीति दल र दलका उम्मेदवारहरूका लागि निर्वाचन आयोगले सञ्चारमाध्यममार्फत् चुनावी प्रचार–प्रसार गर्न पाउने प्रावधान राखेको छ ।

आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ मा दल र दलका उम्मेदवारहरूले सञ्चारमाध्यममार्फत् चुनावी प्रचार–प्रसारको प्रावधान राखिएको हो ।

जसअनुसार दलले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चार पटकसम्म विज्ञापन प्रशारण गर्न पाउने भएका छन् ।

उनीहरूले चुनावी प्रचारको विज्ञापन गर्दा एक पटकमा बढीमा एक मिनेटसम्म मात्रै प्रसारण गराउन सक्ने प्रावधान आचार संहितामा उल्लेख छ ।

यस्तै पत्रपत्रिकाको माध्यमबाट प्रचार–प्रसार गर्दा प्रत्येक दिन बढीमा चार कोलम × २५ सेन्टिमिटर उचाइसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने छन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने प्रावधान राखिएको छ ।

राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चार माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानुनबमोजिम पेस गर्नुपर्ने निर्वाचन खर्चको विवरणमा समावेश गर्नुपर्ने छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा प्रत्येक दिन बढीमा चार कोलम × २५ सेन्टिमिटर उचाइसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्ने छन् ।

आयोगले दल, उम्मेदवार तथा दलका भ्रातृ संगठनले सूचना तथा प्रसारण विभागमा दर्ता भइ प्रेस काउन्सिल नेपालमा सूचिकृत भएका अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न पाउने पनि व्यवस्था गरेको छ ।

‘राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार–प्रसार सम्बन्धी एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री प्रसारण गराउन सक्ने,’ आचारसंहितामा लेखिएको छ, ‘राजनीतिक दलले अनलाइन सञ्चारमाध्यमबाट रोडब्लक, कन्टेन्ट ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (सामाचारको बीचमा) को माध्यमबाट निर्वाचन प्रचार प्रसार गराउन सक्ने ।’

अनलाइन सञ्चारमाध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा स:शुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने बाध्यकारी नियम आयोगले बनाएको छ ।

अनलाइन सञ्चारमाध्यमबाट गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा कसैप्रति गाली गलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने पनि आयोगले प्रष्ट पारेको छ ।

राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चार माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानुनबमोजिम पेस गर्नुपर्ने निर्वाचन खर्चको विवरणमा समावेश गर्नुपर्ने छ ।

आयोगले विदेशी सञ्चारमाध्यमबाट निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन वा प्रशारण गर्न र गराउन नपाइने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?