+
+
Shares

चुनाव प्रचारमा अब उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते २०:०९

७ फागुन, काठमाडौं । सरकारले निर्वाचन प्रचार प्रचारमा जाँदा उम्मेदवारहरूले छत खोलेर हिंड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।

उम्मेदवारहरूको सुरक्षालाई ध्यान दिएर त्यस्तो निर्णय गरिएको उनले बताइन्  ।

बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधि सहभागी थिए ।

त्यस्तै, बैठकमा निर्वाचनका गतिविधि र तयारीबारे पनि थप छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?