+
+
Shares

कांग्रेस पदाधिकारीबाट भीष्मराज मात्रै समानुपातिक सूचीमा

नेपाली कांग्रेसले पदाधिकारीबाट समानुपातिक बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेमात्रै सिफारिस हुने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले पदाधिकारीबाट समानुपातिक बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेमात्रै सिफारिस गर्ने निर्णय गरेको छ।
  • कार्यसम्पादन समितिको बैठकले उनको नाम समेटेर समानुपातिक सांसद उम्मेदवारहरूको सूची बुझाउने तयारी गरेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

१४ पुस, काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीबाट समानुपातिक बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेमात्रै सिफारिस हुने भएका छन् ।

जारी कार्यसम्पादन समितिको बैठकले उनको नाम समेटेर समानुपातिक सांसदका उम्मेदवारहरूको सूची बुझाउन लागेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

महतले यसअघि समानुपातिकबाट सांसद भइसकेकाहरू यसपटक कोही पनि समावेश नभएको जानकारी दिए ।

‘यसअघि समानुपातिकमा परिसकेका साथीहरू यसपटक हुनुहुन्न । नयाँ साथीहरू हुनुहुन्छ, अवसर पाउनु भएको छ । जसले संसद्‌मा उल्लेख्य भूमिका खेल्नु सक्नुहुन्छ,’ उनले भने, ‘केन्द्रीय समितिमा भएका साथीहरू पनि छन् । त्यस्तै कांग्रेसमा लामो समयदेखि लागेका तर, कुनै पद नलिएकाहरू पनि छन् । वौद्धिक क्षेत्रबाट पनि हुनुहुन्छ । पदाधिकारीबा६ सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम परेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?