News Summary
Generated by OK AI. Editorially reviewed.- हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट अनुशासनको कारबाहीमा परेका उपाध्यक्ष मित्र परियारलाई नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक सांसदको उम्मेदवार बनाएको छ।
- परियारलाई दलित क्लस्टरबाट १ नम्बरमा राखेर नेकपाले बन्दसूची पेस गरेको छ र पुस ११ गते प्रचण्डले स्वागत गर्नुभएको थियो।
- परियारले ५ पुसमा बुटवलमा भएको कार्यक्रममा आयोजकप्रति गरेको व्यवहार ठीक नभएको भन्दै साम्पाङले कारबाही गरेको र उनले निलम्बन भएको जानकारी दिएका थिए।
१ पुस, काठमाडौं । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट अनुशासनको कारबाहीमा परेका उपाध्यक्ष मित्र परियारलाई नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक सांसदको उम्मेदवार बनाउने भएको छ ।
केहीदिनअघि मात्रै श्रम संस्कृति पार्टी परित्याग गरेको जानकारी दिएर नेकपा प्रवेश गरेका उनलाई आज दलित क्लस्टरबाट १ नम्बरमा राखेर बन्दसूची पेस गरिएको हो ।
परियारलाई पुस ११ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए ।
बुटवलमा ५ पुसमा भएको कार्यक्रममा परियारले आयोजकप्रति गरेको व्यवहार ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । त्यसपछि उनले विज्ञप्ति जारी गरी निलम्बन गरिएको बताएका थिए ।
यता परियारलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले प्राज्ञिक व्यक्तिलाई पार्टीमा स्वागत गर्नु खुसीको कुरा भएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4