News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली चोकस्थित सडकमा ट्यांकर र मोटरसाइकल ठक्कर खाँदा ३२ वर्षीया स्वस्तीका ऐर बडालको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएकी स्वस्तीका ऐर बडालको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचारको क्रममा मृत्यु भएको हो।
- प्रहरीले ट्याङकर चालकलाई नियन्त्रणमा लिएको छ भने मोटरसाइकल चालकको अस्पतालमा उपचार भइरहेको छ।
१५ पुस, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली चोकस्थित सडकमा ट्यांकर र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
ना ७ ख ९२६६ नम्बरको ट्याङकरसँग बा २३ प ९२३४ नम्बरको मोटरसाइकल ठोकिएर मंगलबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं कीर्तिपुर बस्ने दार्चुला नौगाड गाउँपालिका–१ घर भएकी ३२ वर्षीया स्वस्तीका ऐर बडालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्याङकर चालकलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4