+
+
Shares

निजी क्षेत्र स्थायित्वको पक्षपाती हो : परिसंघ अध्यक्ष पाण्डे

जेनजीले उठाएका माग कार्यान्वयन हुने अपेक्षा पाण्डेले गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्र स्थायित्वको पक्षपाती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
  • पाण्डेले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
  • उनले लगानीकर्ताको संरक्षण गर्ने कानुनले देशमा लगानी बढाउने विश्वास व्यक्त गरे।

१६ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्र स्थायित्वको पक्षपाती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय संवादमा उनले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै पक्षबीच सहकार्यको आवश्यकता रहेको बताए ।

मुलुकमा सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुुपर्ने सहित माग राख्दै जेनजी पुस्ताको आन्दोलनपछि यस दिशामा मुलुक जानेमा निजी क्षेत्र विश्वस्त रहेको उनले बताए ।

जेनजीले उठाएका माग कार्यान्वयन हुने अपेक्षा उनले गरे । मुलुकको समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै उनले स्वदेशी तथा लगानीका लागि राज्यको नीतिमा भर पर्ने बताए ।

‘जबसम्म स्वदेशी लगानी हुँदैन, तबसम्म विदेशी लगानी आउँदैन, लगानीको सबैभन्दा ठूलो आधार कानुन र नीति हो,’ उनले भने ।

लगानीकर्ताको संरक्षण कानुनले गर्ने देशमा लगानी बढाउन कुनै मुस्किल नहुने उनले बताए । आगामी निर्वाचनबाट आउने दलले नेपालीको आकांक्षा अनुसार मुलुकलाई लैजाने अपेक्षा उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?