News Summary
Generated by OK AI. Editorially reviewed.- नेटफ्लिक्सको बहुप्रतीक्षित श्रृंखला 'स्ट्रेन्जर थिंग्स' को अन्तिम भाग ३१ डिसेम्बर २०२५ मा प्रिमियर भएको थियो।
- प्रिमियरको समयमा लाखौं दर्शक नेटफ्लिक्समा लगइन गर्दा प्लेटफर्म केही समयका लागि क्र्यास भएको थियो।
- अन्तिम श्रृंखलाको रनटाइम २ घण्टा ८ मिनेट रहेको र केही हलमा समेत रिलिज भएको छ।
लस एन्जलस । कोही मानिस नयाँवर्ष २०२६ को सेलिब्रेसन मुडमा थिए । कोही चाहिँ घरमै बसेर आरामपूर्वक आफूलाई मनपर्ने फिल्म र टिभी श्रृंखला हेर्ने तयारीमा थिए ।
फिल्मप्रेमीको लागि ३१ डिसेम्बरको मध्यरात खास रह्यो । उक्त समयमा बहुप्रतीक्षित नेटफ्ल्क्सि श्रृंखला ‘स्ट्रेन्जर थिंग्स’ को अन्तिम श्रृंखला प्रिमियर भएको थियो ।
प्रिमियरको पर्खाइमा लाखौं दर्शक नेटफ्ल्क्सि लगइन गरेर बसिरहेका थिए । दर्शकको ट्राफिक यति बढ्यो कि केही समय नेटफ्ल्क्सि नै क्र्यास भैदियो
हलिउड रिपोर्टरका अनुसार प्लाटफर्म डाउन हुने वित्तिकै दर्शकले उच्च ट्राफिकको कारण केही समय प्लाटफर्ममा समस्या आएको सन्देश देखेका थिए । नेटफ्ल्क्सि डाउन भनेको यो पहिलोपटक भने होइन, पाँचौं सिजनको भोल्युम १ प्रिमियर हुने बेलामा पनि २६ नोभेम्बरमा पनि डाउन भएको थियो ।
भोल्युम २ डिसेम्बर २५ मा रिलिज भएको थियो । श्रृंखलाको फिनाले ३१ डिसेम्बरमा रिलिज भएको हो । यो श्रृंखला केही हलमा समेत रिलिज भएको छ ।
अन्तिम श्रृंखलाको रनटाइम २ घण्टा ८ मिनेट छ । यो रनटाइम श्रृंखलाकै लामो रहेको बताइएको छ ।
प्रतिक्रिया 4