+
+
Shares

निर्वाचनको वातावरण अझै बनेको छैन : एमाले नेता महासेठ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १२:१४
Listen News
0:00
0:30
🔊

२० पुस, जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले अहिलेसम्म देशमा चुनावको वातावरण नबनेको बताएका छन् ।

आज जनकपुरधामस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै नेता महासेठले भने, ‘जेनजी आन्दोलनको क्रममा भागेका बहुसंख्यक कैदी बाहिर छन् । लुटिएका प्रहरीको आधा भन्दा बढी हतियार बाहिर छन् । त्यो हतियारहरु कसको विरुद्धमा प्रयोग हुन्छ ? यस्तो अवस्थामा चुनाव कसरी गराउन सकिन्छ ?’

उनले विगतमा संसद विघटन हुँदा सर्वोच्चले पूर्वावस्थामा फर्काएको स्मरण गर्दै अहिले पनि सोही अवस्थामा पुर्याएर निकास दिनुपर्ने धारणा राखे ।

उनले भेनेजुएलामा भएको घटनामा अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उलंघन गरेको प्रतिक्रिया समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?