+
+
Shares

देउवालाई दिनेश कोइरालाको पत्र : घेरा लाग्ने र उकेरा लगाउनेबाट माथि उठ्नुस्

सभापति देउवालाई घेरा हाल्नेहरू समयको प्रवाहलाई रोक्न खोजिरहेको कोइरालाको टिप्पणी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १२:५४

२० पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य दिनेश कोइरालाले नियमित वा विशेष महाधिवेशनको विवादको जरा सभापति शेरबहादुर देउवा भएको बताएका छन् ।

सभापति देउवाले पद आशक्ति नदेखाए पार्टीभित्रको विग्रह समाप्त हुने कोइरालाले देउवालाई पत्र लेखेर बताएका छन् ।

‘नेतृत्व हस्तान्तरण गर्नुहोस्, शक्ति र आशक्तिको काम नगर्नुहोस् । आफू एक कदम पछि हटेर पार्टी एकतालाई दुई कदम अगाडि बढाउनुहोस् । नेतृत्व हस्तान्तरण गर्नुभयो भने अहिले पार्टीमा देखिएको विग्रह साम्य हुनेछ र नेपाली कांग्रेसले सानदार रूपमा आमचुनावको सामना गर्न सक्नेछ,’ कोइरालाले लेखेको पत्रमा भनिएको छ, ‘विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवादको जरा तपाईं नै हो । तपाईंले मार्गप्रशस्त गरिदिने हो भने विशेष र नियमित महाधिवेशनको विवाद चुट्कीको भरमा समाधान हुनसक्छ ।’

आफूलाई घेरा लगाएर बस्ने र उकेरा लगाउनेको स्वार्थबाट बाहिर निस्कन सभापति देउवालाई उनले आग्रह गरेका छन् ।

सभापति देउवालाई घेरा हाल्नेहरू समयको प्रवाहलाई रोक्न खोजिरहेको कोइरालाको टिप्पणी छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिँदा वाहवाही र सम्मान पाएका देउवालाई स्वार्थी समूहले परिबन्दमा पारेको कोइरालाले उल्लेख गरेका छन् ।

देउवालाई पत्रमा कोइराला भन्छन्, ‘तर, तपाईंको पुनरागमनसँगै तपाईंलाई घेरा र उकेरा लगाउनेहरुले यस्तो परिवन्द सिर्जना गरेका छन्, नेपाली कांग्रेस झन् ठूलो संकटमा फसेको छ । घेरा र उकेरा लगाउनेहरुले आफ्नो स्वार्थका लागि तपाईंमा लोभ जगाइदिँदै छन्, आफ्नो स्वार्थका लागि तपाईंलाई सत्ताको मैदानमा भिड्न पठाउँदैछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?