+
+
WC Series
Nepal Women
122/10 (20)
VS
Thailand Women won by 8 wickets
Won Thailand Women
125/2 (16.5)
Shares

कांग्रेस नेता दिनेश कोइरालाले स्थगित गरे फिल्म ‘बिगुल’ को प्रदर्शन 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस नेता दिनेश कोइरालाले शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको रिलिज स्थगित गरिएको घोषणा गर्नुभयो।
  • फिल्मको रिलिज स्थगित हुनुको ठोस कारण नखुलाएपनि विशेष प्राविधिक कारण रहेको कोइरालाले उल्लेख गर्नुभयो।
  • फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह लगायत कलाकारको अभिनय छ र नयाँ प्रदर्शन मितिबारे केही दिनभित्रै जानकारी गराइनेछ।

काठमाडौं । फिल्म निर्माता समेत रहेका कांग्रेस नेता दिनेश कोइरालाले शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको रिलिज स्थगित गरिएको घोषणा गरेका छन् ।

आफ्नो दलको पछिल्लो विकसित घटनाक्रम र नजिँकिदो चुनावको सन्दर्भलाई लिएर फिल्मको रिलिज रोकिएको कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् ।

यो फिल्म आउने शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा थियो । उनले प्रदर्शन स्थगित गर्नुको ठोस कारण नखुलाएपनि विशेष प्राविधिक कारण भएको उल्लेख गरेका छन् ।

दर्शकलाई क्षमायाचना गर्दै उनले केही दिनभित्रै नयाँ प्रदर्शन मितिबारे जानकारी गराउने उनको भनाइ छ ।

रमेश कोइरालाको निर्देशनमा बनेको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्का, मीरा पण्डितको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?