
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले पार्टीका भ्रातृ संगठनहरू वर्षौंदेखि ग्यारेजमा थन्क्याइका गाडी जस्ता भएको टिप्पणी गरेका छन् ।
शुक्रबारको कांग्रेस केन्द्रीय समिति बैठकमा नेता कोइरालाले आफ्नो धारणा राख्ने क्रममा यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘हाम्रा भ्रातृ संगठनहरू वर्षौंदेखि ग्यारेजमा थन्क्याइएका गाडी जस्ता भएका छन् । सबै भ्रातृ संगठनका समिति विघटन गरेर स्पष्ट मापदण्ड तयार गरी नयाँ तरिकाले भ्रातृ संगठनलाई अगाडि बढाइनुपर्छ । अब पुरानै तरिकाले न पार्टी चल्न सक्छ, न भ्रातृ संगठन चल्न सक्छ ।’
नेता कोइरालाले पार्टीभित्र अब आमूल सुधार र रुपान्तरण गरिनुपर्नेमा जोड दिए ।
उनले अगाडि भने, ‘महाधिवेशनबाट हामीले आमूल सुधार र रुपान्तरण गर्नैपर्छ । तसर्थ पार्टी रुपान्तरण हरेक कार्यकर्ताको दायित्व भएको छ, यसमा सबै गम्भीर जिम्मेवार बन्नुपर्छ ।’
प्रतिक्रिया 4