+
+
Shares

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिले भनिन्– अमेरिकासँग सहकार्य गर्न तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सन्तुलित र सम्माजनक सम्बन्धतर्फ अघि बढ्न प्राथमिकता दिने बताएकी छन्।
  • रोड्रिगेजले अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानुनको दायरामा सहयोगको एजेन्डामा सहयोग गर्न आमन्त्रित गरेकी छन्।
  • अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई गिरफ्तार गरी न्यूयोर्क लगेको छ।

२१ पुस, काठमाडौं । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहकार्य गरेर अघि बढ्न तयार रहेकी बताएकी छन् । कार्यवाहक राष्ट्रपतिका हैसियतमा पहिलो मन्त्रिपरिषद् बैठकमा सहभागी भएपछि रोड्रिगेजले

अमेरिकासँग सन्तुलित र सम्माजनक सम्बन्धतर्फ अघि बढ्न प्राथमिकता दिने बताइन् । उनले अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानुनको दायरामा सहयोगको एजेन्डामा सहयोग गर्न आमन्त्रित समेत गरेकी छन् ।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई गिरफ्तार गरि न्यूयोर्क लगेको छ । अमेरिकाको सैन्य हस्तक्षेप र मदुरोको गिर्फतारीपछि राष्ट्रपति ट्रम्पले भेनेजुएला अमेरिकाले चलाउने घोषणा गरेका छन् ।

उनले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई समेत अमेरिकाको अनुकूल भएर काम गर्न चेतावनी दिए थिए ।

रोड्रिगेजले भनिन्, ‘राष्ट्रपति ट्रम्प, हाम्रा नागरिक र हाम्रो क्षेत्र शान्ति र संवादको हकदार हो, युद्धको होइन । राष्ट्रपति निकोलस मदुरोको सदैव यही सन्देश थियो र अहिले पनि भेनेजुएलाको सन्देश त्यही हो ।’

‘भेनेजुएलासँग शान्ति, विकास, सम्प्रभुता र भविष्यको अधिकार छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?