+
+
Shares

काठमाडौंको गोकर्णेश्वरमा नक्कली नोटको कारखाना, मेशिनसहित समातिए २ जना

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १८:१३
Photo Credit : नेपाल प्रहरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा नक्कली नोट छाप्ने कारखाना भेटिएको छ र दुई जनालाई पक्राउ गरिएको छ।
  • पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारी घरभएका २८ वर्षीय रवी कुमार श्रीवास्तव छन्।
  • पक्राउ परेकाहरूविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ र भारतीय नम्बर प्लेटको बुलेट बाइक, ३१७ थान नक्कली नोट बरामद गरिएको छ।

२१ पुस, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा नक्कली नोट छाप्ने कारखाना भेटिएको छ । प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारी घरभएका २८ वर्षीय रवी कुमार श्रीवास्तव छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र बौद्धको टोलीले संयुक्त रूपमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी पवन भट्टराईले बताए ।

पक्राउ पर्नेमा भारतीय नक्कली नोट छाप्न काठमाडौंमा मेसिन ल्याउने व्यक्ति समेत रहेको प्रहरीको भनाइ छ ।

उनीहरूबाट प्रहरीले भारतीय नम्बर प्लेटको बुलेट बाइक, भारु ५ सय दरका ३१७ थान नोट, मोनिटर, प्रिन्टर, नक्कली पेस्तोल लगायतका समानहरू बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?