+
+
Shares

राष्ट्रिय सभा उम्मेदवार छनोटमा नेता केसीको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १३:००

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय सभाका सदस्य उम्मेदवार छनोटको प्रक्रियाप्रति आपत्ति जनाएका छन् ।

उनले बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतान्त्रिक मूल्य र मान्यता विपरित उम्मेदवार छनोट गरिएको बताए ।

पार्टीभित्र पर्याप्त छलफल नगरी नौ जना व्यक्तिको नाम टुंग्याइएको उनको आरोप छ । यसलाई लोकतन्त्रका लागि लज्जास्पद प्रक्रिया भएको टिप्पणी उनले गरे ।

‘राष्ट्रिय सभाको प्रतिनिधि छान्ने सर्न्दभमा जुन खालको छलफल गर्‍यौं, त्यसमा अहिलेसम्म दु:खद् कुरा मैले भन्नैपर्दा कुनै व्यक्तिको विषयमा छलफल भएन । अहिले व्यक्तिको नाम प्रस्तुत सभापतिजीले गर्नुभयो । त्यसमा कुनै छलफल नहुनु सबैभन्दा दुख पक्ष हो । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी जुन पार्टीले पद्धति मात्रै बसालेको होइन, प्रक्रियाको पनि सबैभन्दा महत्त्वपूर्ण अंग हो लोकतन्त्रको । त्यो प्रक्रियगत रुपमा कही छलफल नगरि अहिले जुन ९ जनाको नाम ल्याइएको छ । इतर र भितरको ६० र ४० को भागबण्डामा नै यो नाम आएको छ,’ उनले भने ।

राष्ट्रिय सभाका प्रतिनिधि छनोटको सन्दर्भमा लामो समयसम्म बैठक बसे पनि कुनै पनि व्यक्तिको योग्यता, क्षमता, योगदान र औचित्यमाथि छलफल नै नभएको उनले बताए ।

६०–४० को भागबण्डाका आधारमा उम्मेदवार छनोट गरिएको पनि आरोप लगाए ।

‘यो ९ जनाको मान्छेहरूको नाममा एउटा पनि जनजाती पर्न सक्या छैन भने साह्रै दु:ख पाएका, संघर्ष गरेका राजनितिज्ञ अवथा नेपाली कांग्रेसलाई, लोकतन्त्रलाई सहयोग गरेका कलाकार, साहित्यिक क्षेत्रका धेरै मान्छेलाई प्रतिनिधित्व गराउनुपर्ने थियो,’ केसीले भने, ‘सबभन्दा पहिला त आदीबासी जनजातीको प्रतिनिधित्व नै छैन । व्यक्तिको नाममा म टिप्पणी गर्न चाहन्नँ तर जुन प्रक्रियाबाट जसरी ल्याईएर टुंग्याईयो यो चाही लोकतन्त्रको निम्ति लज्जास्पद भन्ठान्छु मैले । लोकतान्त्रिक पार्टी भएर ४ दिनसम्म बैठक गरेर व्यक्तिगत औचित्य, उपयोगिता, क्षमता, उसको योगदान कुनैको छलफल नभईकन टक्क लिष्ट आएर जो प्रश्तुत गरियो त्यसमा मैले असहमति जनाए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?