+
+
Shares

संजय दत्तसँगको भेटपछि प्रचण्ड : मुन्नाभाइ एमबीबीएसमा उहाँको अभिनयको सँधै प्रशंसक हुँ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलिउड अभिनेता सञ्जय दत्तसँग भेटघाट गरेको र दत्तप्रति आफ्नो प्रशंसा व्यक्त गरेका छन्।
  • प्रचण्डले सञ्जय दत्तको फिल्म 'मुन्नाभाइ एमबीबीएस' मा अभिनयको प्रशंसक रहेको बताएका छन्।
  • सञ्जय दत्तले प्रचण्डलाई खुमलटारमा भेटेका थिए र स्मिता दाहालको विवाहमा आउन नपाएकोमा शुभकामना दिएका थिए।

काठमाडौं । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू बलिउड अभिनेता सञ्जय दत्तको प्रशंसक रहेको बताएका छन् । दत्तसँगको भेटको फोटो सेयर गर्दै उनले कुराकानी निकै रमाइलो भएको बताएका छन् ।

चर्चित बलिउड फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ मा आफू दत्तको अभिनयको प्रशंसक रहेको उनले बताएका छन् ।

प्रचण्ड लेख्छन्, ‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो । ‘मुन्ना भाई एमबीबीएसमा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु । उहाँसँगको कुराकानी निकै रमाइलो भयो । मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ ।’

दत्तले विहिबार बेलुका खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए ।

यसअघि गायिका समेत रहेकी प्रचण्डकी नातिनी स्मिता दाहालको विवाहमा सञ्जयलाई निम्तो गरिएको थियो । निम्तो पाएपनि विवाहमा आउन नपाएको भन्दै दत्तले स्मितालाई वैवाहिक जीवनको शुभकामना दिएका थिए । चाँडै नेपाल आउने र त्यसबेला भेटघाट गर्ने वचन उनले दिएका थिए ।

सोही प्रतिबद्धताअनुसार, सञ्जयले प्रचण्डलाई भेटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?