News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ नेपाली ओटीटी प्लाटफर्म 'युएनए डिजिटल' १ फेब्रुअरीदेखि आइएओस, गुगल प्ले स्टोर, ब्राउजर र टिभीमा उपलब्ध हुनेछ।
- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शनिबार आयोजित समारोहमा युएनए डिजिटल ओटीटी शुभारम्भ गर्नुभयो।
- ओटीटीमा नेपाली, भारतीय, बंगलादेशी र जापानी सामग्री क्रमशः रिलिज गरिने र सुरुवातमा ६ करोड रुपैयाँ लगानी हुनेछ।
काठमाडौं । नयाँ नेपाली ओटीटी प्लाटफर्म ‘युएनए डिजिटल’ लन्च गरिएको छ । शनिबार आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ओटीटी शुभारम्भ गरे ।
युएनए इन्टरटेनमेन्टले यो ओटीटीलाई संचालनमा ल्याउन लागेको हो । १ फेब्रुअरीदेखि प्रयोगकर्ताले एप्पलको आईओएस र गुगल प्ले स्टोरमा उपलब्ध एपसहित ब्राउजर र टिभी संस्करण प्रयोग गर्न पाउने भएका छन् ।
कम्पनीका सीइओ, फिल्म वितरक तथा निर्माता उज्वल गुरागाईंका अनुसार दर्शकले फेब्रुअरी १ तारिख (१८ माघ) देखि यो ओटीटीमा फिल्म, शो र ओरजिनल सिरिज हेर्न पाउनेछन् ।
नेपाल र विदेशका लागि अलग-अलग ‘ओटीटी विन्डो’ सहित कन्टेन्ट क्रमशः ल्याउने तयारी छ । सुरुवात १४ फेब्रुअरीदेखि हुने गुरागाईंले जनाए । सब्सक्राइब शुल्कबारेको जानकारी चाँडै दिइने भएको छ ।

‘कन्टेन्ट स्लट’ चाहिँ फेब्रुअरी पहिलो सातासम्म पूर्णरुपमा घोषणा गर्ने तयारी छ । ‘दर्शकले यो ओटीटीमा फिल्म, ओर्जिनल सिरिज र शो पनि हेर्न पाउनुहुनेछ’ गुरागाईंले अनलाइनखबरसँग भने ।
सुरुवातमा कन्टेन्टमाथि ६ करोड रुपैयाँ लगानीसहित ओटीटी संचालनमा आउन लागेको हो । नेपालीबाहेक भारतीय, बंगलादेशी र जापानी सामग्रीलाई पनि क्रमशः रिलिज गर्ने यो ओटीटीको तयारी छ ।
आयोजित समारोहमा संचारमन्त्री खरेलले बदलिँदो प्राविधिक आयाम र दर्शकको रुचिलाई युएनए डिजिटल ओटीटीले पूरा गर्न सक्नुपर्ने बताउँदै शुभकामना व्यक्त गरे । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले पनि प्लाटफर्मलाई शुभकामना दिए ।
प्रतिक्रिया 4