+
+
Shares

कांग्रेस विशेष महाधिवेशन स्थलमा बीपीदेखि कृष्णप्रसाद भट्टराईसम्म (तस्वीरहरू)

कांग्रेस नेताहरू बिपी कोइराला, सुवर्णशम्शेर जबरा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसा कोइराला र सुशील कोइरालाका प्रतिमा राखिएको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ पुष २७ गते १०:५५

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन बज भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । मध्याह्न १२ बजे उद्घाटन हुने महाधिवेशनका लागि अहिले धमाधम प्रतिनिधिहरुको नाम दर्ताको काम भइरहेको छ ।

महाधिवेशनको उद्घाटनअघि नै प्रतिनिधिहरु महाधिवेशन स्थल पुगेर नाम दर्ता गरेर कार्ड लिइरहेका छन् । प्रतिनिधिका साथै अहिले कांग्रेस समर्थकहरु पनि कार्यक्रम स्थल पुगेका छन् ।

कार्यक्रममा मञ्च व्यवस्थापनको काम भइरहेको छ । कार्यक्रम स्थलमा कांग्रेसले आफ्ना पूराना नेताहरुका प्रतिमा लहरै राखेर सजाएको छ ।

कांग्रेस नेताहरू बिपी कोइराला, सुवर्णशम्शेर जबरा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसा कोइराला र सुशील कोइरालाका प्रतिमा राखिएको छ ।

सोमबारसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी छ ।  यसअघि काठमाडौं उपत्यकाका विभिन् ६ ठाउँबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।

विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ ।

       

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?