+
+
Shares

ललितपुर महानगरका मेयर महर्जनलाई कोलोराडोमा स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १२:१०

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन कोलोराडो पुगेका छन् ।

अमेरीकाको कोलोराडोस्थित सिटी अफ ब्रोमफिल्डमा हुने एक कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

कोलोराडोमा नेवाः समुदायले आयोजना गरेको एक कार्यक्रममा उनी सहभागी भएका छन् । जहाँ उनको भव्य स्वागत गरिएको थियो ।

भेटघाट कार्यक्रममा ललितपुर महानगर वडा नम्बर १३ का अध्यक्ष गणेश केसी,  हेल्पिङ ह्यान्डका अध्यक्ष नारायण श्रेष्ठ नेवाः खलका पदाधिकारी तथा कोलोराडोमा सक्रिय नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

कोलोराडो नेवाः खलका अध्यक्ष भुषणलाल श्रेष्ठले नेवाःखल स्थापनाकालदेखि भए गरेका मुख्य कार्यक्रमबारे जानाकारी गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले मातृभूमिदेखि सात समुन्द्र टाढा बसोबास भएर पनि आफ्नो भाषा संस्कृति परंम्परा बचाउन निरन्तर सक्रिय रहेको देख्दा ज्यादै खुसी लागेको बताए ।

छोटो समयमा पनि कार्यक्रम आयोजना गरी आफूलाई नेपाली समुदायबीच साक्षतकार हुने मौका दिएकोमा खुसी लागेको बताए ।

आफू ब्रुमफिल सिटीसँग सिस्टर सिटी भएपछि केही पाइन्छ कि भन्ने आशले नभै एक आपसमा संस्कृति, सभ्यता  आदानप्रदान गर्ने उद्देश्यले आएको प्रष्टयाए ।

उनले ललितपुर महानगरपालिका यस अघि नै कोरियाको छेयरोन सिटी र रसियाको युलान उडे सिटीहरूसँग भगीनी सम्बन्धमा आबद्ध भइसकेको जानरकारी गराए ।

१३ जनवरीमा ब्रुमफिल सिटीका मेयर गुइलिन कासट्रिओटासँग हस्ताक्षर गरेपछि विश्वका तीन देशका शहरहरूसँग भगीनी सम्बन्धमा आबद्ध हुने बताए ।

यसअघि नै कोलोराडोका दुइवटा शहरहरू बोल्डर र सुपरियर सिटी क्रमशः काठमाडौं महानगरपालिका  र  संखुवासभाको खाँदबारीसँग भगीनी सम्बन्धमा आबद्ध भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?