फाइल तस्वीर
२९ पुस, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले मंगलबार नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
सोमबार २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन १ हजार ८ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो ।
सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड राखेको छ । सोमबारको तुलनामा तोलामा १ सय ४५ रुपैयाँले वृद्धि भई चाँदी मंगलबार ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।
सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4