News Summary
Generated by OK AI. Editorially reviewed.- प्रशान्तको अन्त्येष्टि बौद्ध परम्पराअनुसार अग्निदहन र विधिपूर्वक गरिएको थियो, जसमा पत्नी मार्था एली तामाङ र बौद्ध लामाहरू सहभागी थिए।
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरिरलाई सोमबार जन्मथलो दार्जिलिङमा अन्त्येष्टि गरिएको छ । उनको जन्मगाउँ तल्लो तुमसुङ नजिकको आलुबारीमा अन्त्येष्टि गरिएको हो ।
बौद्ध परम्पराअनुसार तामाङको पार्थिव शरिरलाई अन्त्येष्टि गरिएको जानकारी प्रशान्तका निकट मित्र तथा कलाकार राजेश घतानीले दिए । उनका अनुसार, बौद्ध लामाहरूले अग्निदहन र विधिपूर्वक अन्त्येष्टि गरेका थिए ।
अन्त्येष्टिमा प्रशान्तकी पत्नी मार्था एली तामाङसहित आफन्त र बौद्ध लामाहरू सहभागी थिए । त्यसअघि उनको शवलाई दार्जिलिङमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
आइतबार नयाँ दिल्लीमा हृदयघातले प्रशान्तको मृत्यु भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी लगायतले प्रशान्तको निधनमा शोक व्यक्त गरिसकेका छन् ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4