१ माघ, काठामाडौं । झापामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पर्क कार्यालयका लागि एउटा घर खोजिएको छ ।
रास्वपा जिल्ला सभापति प्रकाश पाठकका अनुसार सम्पर्क कार्यालयका लागि एउटा घर छनोट गरिएको हो ।
‘दमक ३ मा घर फाइनल गरेको छ,’ उनले भने । उक्त घर ऐतिहासिक हुने पाठकले बताए । तर बालेनको टिमले भने हेर्न बाँकी छ ।
सम्पर्क कार्यालयसँगै बालेन बस्ने र सचिवालयका लागि अर्को घर पनि खोजी भइरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न बालेन झापा जान लागेका हुन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा बालेनले झापा ५ बाट चुनाव उठ्ने तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4