+
+
Shares

माघे सङ्‍क्रान्तिमा काठमाडौंमा मगर समुदायको र्‍याली (तस्वीरहरू)

माघे सङ्‍क्रान्ति पर्वका अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका मगरहरूले सांस्कृतिक र्‍याली निकालेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ माघ १ गते १३:५५

१ माघ, काठमाडौं । माघे सङ्‍क्रान्ति पर्वका अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका मगरहरूले सांस्कृतिक र्‍याली निकालेका छन् ।

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र विभिन्न संघसंस्थाको अगुवाइमा काठमाडौंमा उपत्यकामा बस्दै आएका मगरहरूले बिहीबार भृकुटीमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्‍याली निकालेका हुन्  ।

माघे सङ्‍क्रान्ति विशेषत: मगर जातिमा चेलिबेटीको चाड हो । सङ्‍क्रान्ति मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ ।

चेलीलाई पुज्न माघे सङ्‍क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दान दक्षिणा गरी उपहार दिने चलन छ ।

तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो (उपहार वा प्रसाद) दिने भनिन्छ ।

मगर समूदायका मौलिक संस्कृतिहरू नेपाल सरकारको राष्ट्रिय सूचीमा सूचीकृत गराउँदै विश्वव्यापी बनाउने उदेश्यका साथ मगर संघले टुँडिखेलमा मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव समेत आयोजना गरेको छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?