News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको रुरु क्षेत्र गाउँपालिका–२ तालखोलास्थित कालीगण्डकी नदीमा ९२ वर्षीय छविलाल गेरैको शव फेला परेको छ।
- पुस २७ गते हराएका छविलाल गेरैको शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए।
- शवको सनाखत मृतकका जेठा छोरा कृष्णप्रसाद गेरैले गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१ माघ, गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–२ तालखोलास्थित कालीगण्डकी नदीमा एक वृद्ध शव फेला परेको छ ।
शव अर्घाखाँचीको पाणिनी गाउँपालिका स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा बस्दै आएका ९२ वर्षीय छविलाल गेरैको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्थानीयले शव देखर प्रहरीलाई खबर गरेका थिए । पुस २७ गते छविलाल गेरै हराएको भन्दै आफन्तले इलाका प्रहरी कार्यालय रिडीमा निवेदनसमेत दिएका थिए ।
घटनाको दिन दिउँसो करिब ३ बजेको समयमा मृतकका जेठा छोरा कृष्णप्रसाद गेरैले शवको सनाखत गरेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4