+
+
Shares

निर्वाचन आयोगमा गगन नेतृत्व कांग्रेसको धर्ना

शुक्रबार दिउँसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेताहरूले आयोग अगाडि धर्ना दिएका हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ माघ २ गते १५:०२

२ पुस, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ ।

शुक्रबार दिउँसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेताहरूले आयोग अगाडि धर्ना दिएका हुन् ।

आयोग अगाडि नेताहरू पलेँटी कसेर धर्नामा बसेका छन् ।

शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरू आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए ।

आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो ।

हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो । थापा समूहले बिहीबार केन्द्रीय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?