+
+
Shares
कांग्रेस विवाद निरुपण :

गगन पक्षलाई वैधानिकता दिन आयोगले लियो यी तीन आधार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई तीन आधारमा मान्यता दिएको छ।
  • आयोगले विधान अनुसार ४० प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने व्यवस्था रहेको बताएको छ।
  • आयोगले विशेष महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि हुने र कुनै विमति नदेखिएको स्पष्ट पारेको छ।

२ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने क्रममा तीन विषयलाई मुख्य आधार बनाएको छ ।

२७ देखि ३० पुससम्म काठमाडौंमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भएको थियो । सो महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेपछि त्यसको अद्यावधिक गराउन उनीहरूले बिहीबार आयोगलाई निवेदन दिएका थिए ।

लगत्तै १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विशेष महाधिवेशन विधानविपरीत आयोजना गरिएको भन्दै आयोग पुगेको थियो ।

आयोगले शुक्रबार दुवै तर्फबाट प्राप्त कागजात, पार्टीको विधान तथा ऐन–कानुनको अध्ययनपछि थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको छ ।

यो निर्णय दिने क्रममा आयोगले तीन आधार तय गरेको छ ।

पहिलो आधारका रूपमा आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र सोअनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको स्पष्ट पारकोे छ ।

दोस्रो आधारको रूपमा आयोगले विधानत: महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि हुने स्पष्ट पारेको छ ।

यस्तै, तेस्रो आधारका रूपमा आयोगले विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नदेखिएकोले विशेष महाधिवेशन आयोजना विधानत: भएको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?