+
+
Shares

रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्न लागेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन्।
  • सिंहले माघ ५ गते जनकपुरमा हुने रास्वपाको आमसभामा पार्टी प्रवेश गर्ने बताएका छन्।
  • उनले भने, 'देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनविरुद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ।'

२ पुस, काठमाडौं । अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले रास्वपामार्फत नयाँ राजनीतिक अध्यायको सुरुवात गर्न लागेको जानकारी दिएका हुन् ।

उनले माघ ५ गते जनकपुरमा हुने रास्वपाको आमसभामा पार्टी प्रवेश गर्न लागेको जानकारी दिएका छन् ।

‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ उनले भने, ‘देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनविरुद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?