४ माघ, काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन गरेको छ ।
एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आइतबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो ।
भृकुटीमण्डपबाट सुरु गरिएको जनप्रदर्शन प्रज्ञा भवन कमलादीमा पुगेर जनसभामा परिणत भएको छ ।
जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको थालनी गर्न प्रदर्शन आयोजना गरेको हो ।
एमालेले केही निर्वाचन क्षेत्रबाहेकमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंग्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4