+
+
Shares

रूकुम पूर्वमा प्रचण्डसँग भिड्ने एमालेका उम्मेदवार फेरिए

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १९:०५

५ माघ, बुटवल । नेकपा एमालेले रूकुम पूर्वमा यसअघि निर्णय गरेको उम्मेदवार फेरेको छ ।

यसअघि केन्द्रीय सदस्य खेममान खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले अहिले निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लीलामणि गौतमलाई उम्मेदवार बनाउने भएको छ ।

गौतम पार्टीको महाधिवेशनमा ४० वर्ष कम उमेरबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य बनेपछि जिल्ला अध्यक्ष छाडेका हुन् ।

रूकुम पुर्वमा नेपाली कम्युनिस्ट पार्टीबाट संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । नेपाली कांग्रेसबाट कुसुमदेवी थापा मगर र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जनयुद्धका शहीद पुत्र सन्दिप पुन उम्मेदवार छन् ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्व क्षेत्रबाट समानुपातिकतर्फ तत्कालीन माओवादी केन्द्रले ८ हजार २ सय ७१ मत प्राप्त गरेको थियो ।

नेपाली कांग्रेसले ५ हजार ६ सय ९२ मत ल्याउँदा एमालेले ३ हजार ६ सय ५९ मत प्राप्त गरेको थियो । ०६४ देखि नै यो क्षेत्रमा तत्कालीन माओवादीले जित्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?