News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा बदन भण्डारीलाई उम्मेदवार बनाएको छ।
- बदन भण्डारीले सोमबार पार्टीका नेता गणेश पराजुलीबाट टिकट लिएका हुन्।
- एमाले फुटेपछि बदन भण्डारी नेकपा एसको युवा संघबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए।
५ माघ, काभ्रे । आगामी प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारी उम्मेदवार बनेका छन् ।
उनले सोमबार पार्टीका नेता गणेश पराजुलीबाट टिकट लिएका हुन् ।
भोलि मंगलबार उम्मेदवारी दर्ताको दिन छ । त्यसअघि रास्वपाले धमाधम आफ्ना उम्मेदवारहरू टुंगो लगाइरहेको हो ।
एमाले फुटेपछि नेकपा एसको युवा संघमा रहेका बदन राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।
काभ्रेको यो क्षेत्रमा नेकपा एमालेले अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले बसुन्धारा हुमागाईंलाई उम्मेदवार बनाएको छ । कांग्रेसले मधु आचार्यलाई उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4