+
+
Shares

काभ्रे–२ मा मधु आचार्यलाई दियो कांग्रेसले टिकट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १८:५९

५ माघ, काभ्रे । आगामी प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट मधु आचार्य उम्मेदवार बनेका छन् ।

उनले सोमबार सभापति गगन कुमार थापाबाट टिकट लिएका हुन् ।

भोलि मंगलबार उम्मेदवारी दर्ताको दिन छ । त्यसअघि कांग्रेसले धमाधम आफ्ना उम्मेदवारहरू टुंगो लगाइरहेको हो ।

आचार्य गगन थापा समूहका नेता हुन् ।

काभ्रेको यो क्षेत्रमा नेकपा एमालेले अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले बसुन्धारा हुमागाईंलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?