५ माघ, काठमाडौं । नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट नरनारायण शाहलाई उम्मेदवार बनाएको छ ।
सभापति गगनकुमार थापाले शाहलाई कैलाली–५ को उम्मेदवार बनाएको हो । शाह कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री हुन् । उनी कांग्रेस कैलालीका पूर्वसभापति पनि हुन् ।
सो क्षेत्रमा उनीसहित पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए । पूर्वमन्त्री समेत रहेकी राणाले भने टिकट पाइनन् ।
सिफारिसमा परेका पन्त विघटित प्रतिनिधिसभाका सदस्य हुन् । उनी गत निर्वाचनमा कैलाली–५ बाट नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
ओड कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी स्थानीय तह निर्वाचन २०७४ मा धनगढी उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4