+
+
Shares

कञ्चनपुर–२ बाट कांग्रेसले एनपी साउद उठाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संसदीय बोर्डले कञ्चनपुर–२ बाट एनपी साउदलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • कांग्रेसले कञ्चनपुर–१ बाट क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायलाई टिकट दिने निर्णय गरेको छ।
  • कञ्चनपुर–३ बाट उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको छ।

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद कञ्चनपुर–२ बाट उम्मेदवार बन्ने भएका छन् ।

नेपाली कांग्रेसको सोमबार बसेको संसदीय बोर्डको बैठकले साउदलाई कञ्चनपुर–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘कञ्चनपुर–२ बाट एनपी साउद उम्मेदवार बन्नुहुनेछ । उहाँको नाम संसदीय बोर्डले पारित गरिसकेको छ,’ एक पदाधिकारीले भने ।

कांग्रेसले कञ्चनपुर १ बाट क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायलाई टिकट दिने निर्णय गरेको छ ।

कञ्चनपुर ३ बाट भने उम्मेदवारको टुंगो लाग्न बाँकी छ । २०७९ मा यो क्षेत्रबाट रमेश लेखक निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?