६ माघ, सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादवले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर–४ बाट मनोनयन दर्ता गराएका छन् ।
उपाध्यक्ष यादवले सिरहा क्षेत्र–४ को निर्वाचन कार्यालय मिर्चैयास्थित रेडक्रस भवनमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका यादवले यसपटक क्षेत्र परिवर्तन गर्दै क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिएका हुन् । यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4