६ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।
उनले सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा मनोनयन दर्ता गराएका हुन् ।
नेता श्रेष्ठ २०६४ को संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनित सभासद थिए । २०७० मा मकवानपुर र २०७४ मा गोरखाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लडे । उनी दुवै पटक पराजित भए ।
२०७६ मा राष्ट्रिय सभा सदस्यमा विजयी भए । यसपटक उनी राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4