+
+
Shares

सोविता गौतमले चितवन-३ बाट गराइन् उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १६:४०

६ माघ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले चितवन क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् ।

रामपुरमा रहेको क्षेत्र नं. ३ को निर्वाचन कार्यालयमा पुगेर गौतमले उम्मेदबारी दर्ता गराएकी हुन् ।

उनले आफू चितवनकै व्यक्ति भएकोले उम्मेदवारी दिन आएको बताइन् ।

पार्टीले आफ्नो आवश्यकता महसुस गरेर रणनीतिक हिसाबले चितवन-३ मा पठाएकोले उम्मेदवारी दिन आएको उनको भनाइ छ ।

काठमाडौं क्षेत्र नं. २ बाट यसअघि निर्वाचित गौतमले चितवनलाई रास्वपाले आफ्नो आधार क्षेत्र मान्दै आएकोले अझै बलियो बनाउन उम्मेदवारी दर्ता गर्न आएको दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?