+
+
Shares

पूर्वमन्त्री चौरसियाको पर्सा २ बाट उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री अजयकुमार चौरसियाले उम्मेदवारी दिएका छन्।
  • चौरसिया केपी शर्मा ओली नेतृत्वको सरकारमा कानूनमन्त्री थिए र ०७९ प्रतिनिधि निर्वाचनमा २८ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका थिए।
  • उनी ०५१ सालदेखि नेपाली कांग्रेसमा संलग्न छन् र २०६४ मा पर्सा क्षेत्र नम्बर ३ बाट पहिलो संविधानसभा सदस्य निर्वाचित भएका थिए।

६ माघ, वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री अजयकुमार चौरसियाले पनि उम्मेदवारी दिएका छन् ।

विघटित प्रतिनिधिसभा सदस्य चौरसिया यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा कानूनमन्त्री थिए ।

०७९ प्रतिनिधि निर्वाचनमा २८ हजार ४ सय ५१ मत ल्याई विजयी भएका थिए । विद्यार्थी अवस्थादेखि नै राजनीतिमा संलग्न चौरसिया ०५१ सालदेखि नेपाली कांग्रेस, पर्सा जिल्ला कार्यसमिति सदस्य रहँदै आएका थिए ।

०५६ मा उनी पर्सा क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचित भए । २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी स्थानीय विकास मन्त्रालयको सहायकमन्त्री समेत बने ।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट चुनाव जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?